AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उदयपुरमा ५५ वर्षिय महिलालाई कोरोना संक्रमण पोजेटिभ, मुलुकभर संक्रमिकको संख्या ४३ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०७७, बुधबार १६:१४
3
Shares
विराटनगर / उदयपुरमा थप एकजनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा आज ५५ वर्षिय महिलालाई पोजेटिभ भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यो सँगै उदयुरमा मात्र कोरोना संक्रमितको संख्या २५ पुगेको छ भने मुलुकभर ४३ जना संक्रमिक भएका छन् ।

हिजो एकैदिन उदयपुरमा ११ जनामा संक्रमण देखिएको थियो भने शुक्रबार १२ र शनिबार एकजनामा संक्रमण देखिएको थियो ।

उदयपुरमा कोरोना पोजेटिभ देखिएका ११ भारतीयसहित २३ जना विराटनगरको कोरोना विशेष अस्पतालमा उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर