AArya
RUMPUM
animated ellipse animated ellipse

कोभिड–१९बाट विश्वभर ज्यान गुमाउनेको संख्या साढे ८८ हजार नाघ्यो, विश्वमा १५ लाख बढी संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ चैत्र २०७६, बिहीबार ०७:४१
3
Shares
विराटनगर / कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या करिब साढे ८८ हजार ४ सय ५ पुगेको छ । आज बिहानसम्मको तथ्यांक अनुसार १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा धेरै इटलीमा १७ हजार ६ सय ६९ जनाको ज्यान गएको छ भने दोस्रोमा रहेको स्पेनमा स्पेनमा १४ हजार ७ सय ९२ तथा अमेरिकामा १४ हजार ७ सय ६८ जनाको मृत्यु भएको छ । फ्रान्समा १० हजार ८ सय ८७ को कोरोनाका कारण ज्यान गइसकेको छ । अहिले कोरोनाबाट १० लाख ४५ हजार १६३ संक्रमित रहेकोमा ४८ हजार ७८ को अवस्था गम्भीर रहेको छ । बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।
आज बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ । अमेरिकामा ४लाख ३१ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको २ लाख ३ हजार ८ सय ६५ घर फर्किएका छन् । त्यस्तै स्पेनमा १ लाख ४८ हजार २ सय २० मा कोरोना संक्रमण पुष्टि भएको छ भने ४८ हजार २१ जना निको भएर घर फर्किएका छन् ।
इटालीमा १ लाख ३९ हजार ८ सय २२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २६ हजार ४ सय ९१ जना निको भएर घर फर्किएका छन्
नेपालमा भने ९ जना संक्रमिक भएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने छिमेकी मुलुक भारतमा ५ हजार ९ सय १६ जना संक्रमिक भएकोमा १ सय ७८ जनाको मुत्यु भएको छ भने ५ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर