पूर्वाञ्चल खबर
लहान नगरपालिका ५ नयाँ बजारमा आज बिहान चारवटा किराना पसलमा आगलागी भएको ईलाका प्रहरी कार्यलय लहानले जानकारी दिएको छ । आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरका सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार लहान नगरपालिकाले निर्माण गरी खुद्रा व्यापारीलाई भाडामा सञ्चालन गर्न दिएको टहरोमा आगलागी भएको थियो । लहान ५ का रामचन्द्र गुप्ताले सञ्चालन जयलक्ष्मी किराना, लालबाबु दासको हार्डवेयर, लखन सहनीको उमेश किराना र मनोज गुप्ताको किराना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीमा पसलमा राखिएको मोटर साईकल समेत जलेर नष्ट भएको छ । आगलागी लहान नगरपालिकाबाट आएको वारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीकोे कारणा खुल्न नसकेको प्रहरीलेजनाएको छ ।