ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाईजर वितरण

खबर पूर्वाञ्चल, १८ चैत्र २०७६, मंगलवार ०८:०२

विराटनगर / ट्राफिक प्रहरी कार्यालय मोरङलाई विराटनगरका सामाजिक अभियन्ता मोहम्मद नसरुलले मास्क, पञ्जा तथा सेनिटाईजरलगायतका सामाग्रीहरु प्रदान गरेका छन् ।

विश्वभरि फैलिएको कोरोना भाईरसको सङक्रमणको उच्च जोखिममा रही खटिएका ट्राफिक प्रहरीहरुको सुरक्षाको बिषयलाई मध्यनजर गर्दै नसरुलले उक्त सामाग्रीहरु प्रदान गरेका हुन् । मोरङ ट्राफिक प्रहरीलाई ३ सय थान मास्क, २ डब्बा पञ्जा र ५ सय मिलिलिटरको सेनिटाईजर नसरुलले वितरण गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पोद्धारलाई उनले उक्त सामाग्रीहरु हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५