पूर्वाञ्चल खबर
विराटनगर / मोरङ प्रहरीले आज लकडाउनको चौथो दिन अवज्ञा गर्ने ६६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरस संक्रमण न्यूनिकरण गर्नका लागि सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने मोरङ जिल्लाभरमा ६६ वटा सवारी प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गका प्रमुख प्रहरी निरिक्षक राकेश पोदारले जानकारी दिए । आज साँझसम्ममा ६६ वटा सवारी नियन्त्रणमा लिइएको हो ।
जसमा ३० वटा मोटरसाइकल– स्कुटर ६१ वटा ट्याक्टर, ३ वटा र २ वटा ट्रक रहेका छन् ।