विराटनगर / कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि विराटनगर विमानस्थलमा हेल्थ डेस्क राखिएको छ
प्रदेश १ का सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरले यात्रुको स्वास्थ्य जाँचका हेल्थ डेस्क राखेका हुन ।
आज सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरका प्रमुख भीम पराजुलीले संयुक्त रुपमा हेल्थ डेस्क उद्घाटन गरिएको हेल्थ डेस्कमा महानगरका ४ र स्वास्थ्य कार्यालय मोरङका २ स्वास्थ्यकर्मीलाई खटाइएको छ।
३÷३ जनाको दुई टोली बनाएर विमानस्थलबाट आउने र जाने बिरामीको स्वास्थ्य जाँचका लागि खटाइएको प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिए ।
प्रदेश १ ले भद्रपुर विमानस्थलमा पनि हेल्थ डेस्क स्थापन गरेर यात्रुहरुको स्वास्थ्य जाँच गरिरहेको छ। विदेशबाट आउने यात्रुहरुमा कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन प्रदेश सरकारले विराटनगरको रानी, झापाको भद्रपुर र काँकडभिट्टा तथा इलामको पशुपतिनगरमा समेत हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गरिरहेको छ।
तपाईको प्रतिक्रिया