AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर विमानस्थलमा हेल्थ डेस्क

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ फाल्गुन २०७६, मंगलवार १८:१७
3
Shares
विराटनगर / कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि विराटनगर विमानस्थलमा हेल्थ डेस्क राखिएको छ

प्रदेश १ का सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरले यात्रुको स्वास्थ्य जाँचका हेल्थ डेस्क राखेका हुन ।

आज सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरका प्रमुख भीम पराजुलीले संयुक्त रुपमा हेल्थ डेस्क उद्‍घाटन गरिएको हेल्थ डेस्कमा महानगरका ४ र स्वास्थ्य कार्यालय मोरङका २ स्वास्थ्यकर्मीलाई खटाइएको छ।

३÷३ जनाको दुई टोली बनाएर विमानस्थलबाट आउने र जाने बिरामीको स्वास्थ्य जाँचका लागि खटाइएको प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिए ।

प्रदेश १ ले भद्रपुर विमानस्थलमा पनि हेल्थ डेस्क स्थापन गरेर यात्रुहरुको स्वास्थ्य जाँच गरिरहेको छ। विदेशबाट आउने यात्रुहरुमा कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन प्रदेश सरकारले विराटनगरको रानी, झापाको भद्रपुर र काँकडभिट्टा तथा इलामको पशुपतिनगरमा समेत हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर