श्री सरस्वती स्कूलको वार्षिक उत्सव सम्पन्न

खबर पूर्वाञ्चल, २३ फाल्गुन २०७६, शुक्रबार १८:०६

विराटनगर / विराटनगर – ९ मा रहेको श्री सरस्वती माध्यमिक विद्याललले ७७ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।

स्कूलकोे प्राङगणमा आज सम्पन्न विविद्य कार्यक्रम गरी मनाएको हो । वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. ९ वडाअध्यक्ष विश्वनाथ भगत, नगर शिक्षा अधिकारी दुर्गा खतिवडा, स्कूलका प्राचार्य योगेन्द्र कार्की, पूर्व विद्यार्थी सँघ(आस) का अध्यक्ष भविस श्रेष्ठ र समाजसेवी जुगलकिशोर राठीलगाले बोलेका थिए ।

सोहि अवसरमा स्व. नारायणप्रसाद कोइरालालाई मरणोपरान्त सम्मानित गर्रिको थयो भने पूर्व विद्यार्थी गिरिराज पौडेल, सन्जिव घिमिरे र किशोर बराललाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५