१ करोडको लागतमा बन्ने पब्लिक क्याम्पसको भवन शिलान्यास

खबर पूर्वाञ्चल, १६ फाल्गुन २०७६, शुक्रबार १९:१४

विराटनगर / मोरङको ग्रामथान गाउँपालिका – ६ धनिबनिगाउँ स्थित पब्लिक क्याम्पसको १ करोड लागतमा बन्ने भवनको शिलान्यास गरिएको छ ।

स्कूल परिसरमा आज एक कार्यक्रम आयोजना गरि १ नम्बर प्रदेशको वन, वातवरण, उद्योग तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले क्याम्पसको भवनको शिलान्यास गरेका हुन् ।

मोरङ क्षेत्र नं. ४ को पूर्वाधार विकास कोषबाट १ करोड बजेट बिनायोजन भइ अहिले ५० लाख बजेट आएपछि पब्लिक क्याम्पसको भवनको शिलान्यास गरिएको हो । अढाइ कठ्ठा क्षेत्रफलमा २ तले भवनसहित ६ कोठाको क्याम्पसको भवन निर्माण हुने क्याम्प्स प्रमुख झमककुमार दाहालले जानकारी दिए । उनका अनुसार तीन कोठाको पहिला तलाको निर्माण कार्य आउँदो असार मसान्तसम्म निर्माण पुरा हुने जानकारी दिए । उपभोक्ता समिति गठन गरेर निर्माण कार्य सुरू गर्ने क्याम्पस प्रमुख दाहाललको भनाई छ ।

२०५९ सालदेखि बिबिएस र बिएड पढाइ हुने उक्त क्याम्प्समा मोरङको चार वटा स्थानिय तहमा रहेका विद्यार्थीहरू अध्ययरत रहेको प्रध्यापक नरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका, बुढीगंगा, धनपालथान र कटकरी गाउँपालिकाका ४ सय ९६ जना विद्यार्थीहरू पब्लिक क्याम्पसमा अध्ययरत छन् । यो क्याम्पस पूर्वाञ्चल विश्व विद्यालयबाट मान्यताप्राप्त हो ।

कार्यक्रममा बोल्दै प्रदेशको वन, वातवरण, उद्योग तथा पर्यटन राज्यमन्त्री विश्वासले पब्लिक क्याम्प्सलाई स्नाकोत्तर क्याम्पसको रूपमा स्तरउन्नती गरिने तयारी प्रदेश सरकारले गरेको बताए । ‘ग्रामिण क्षेत्रका विद्यार्थी अध्ययन गर्ने पब्लिक क्याप्सलाई प्रदेश सरकारले स्नाकोत्तर क्याप्सको रूपमा विकास गर्ने लक्ष्य राखेको छ,’ राज्यमन्त्री विश्वास भने, ‘यो क्याम्प्स स्तरउन्नती भएर स्नाकोत्तर भए विद्यार्थीलाई विराटनगर जानुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ । स्थानिय स्तरमै विद्यार्थीले सहज रूपमा अध्यापन गर्न पाउनेछन् उनले भने ।’

कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयका भिसी बिजुकुमार थपलिया, पब्लिक क्यम्प्स व्यवस्थापन समितिका सदस्य बलभद्र चौधरीलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५