AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पथिभरा एडभरटाइजिंग छैठौ वर्षमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७६, बिहीबार २०:३२
3
Shares
सुनसरी / खराब सामानको निरुत्सान र राम्रा प्रोत्साहनका लागी बिज्ञापन अनिबार्य भएको नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष शशि रिजालले बताएका छन् ।

सुनसरीको ईटहरीमा आज पाथिभरा एडभरटाईजिङ प्रा.लि को छैठौँ तथा पाथिभरा जब लिंक प्रालिको प्रथम बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रिजालले हरेक राम्रा उत्पादन र सामानको बजार बिस्तारका लागी विज्ञापन आबश्यक रहेको बताए । अध्यक्ष रिजालले सरकारले ल्याएको क्लिन फिड नितिले नेपालको अर्थतन्त्रलाइ समेत बढावा गर्न सहयोग पुग्ने कुरामा जोड दिए । उनले क्लिन फिड पश्चात टेलिभिजन च्यानलहरुलाई सञ्चालन गर्नका लागि ठुलो मद्धत पुग्ने बिश्वास समेत ब्यक्त गरेका छन् ।

कार्यक्रममा ब्रोडकास्टिङ एशोसिएसन (बान) का अध्यक्ष चन्द्र न्यौपानेले पनि बिज्ञापन बिना कुनै पनि प्रोडक्टको बजार बिस्तार हुन नसक्ने बताए । नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खडका,एपिवान तथा प्राइम टेलिभिजनका १ नम्बर प्रदेश इन्चार्जहरु मिलन बुढाथोकी र बिकल रेग्मि,पर्यटन पत्रकार समुहका १ नम्बर प्रदेश अध्यक्ष विराट अनुपमलगालतले समेत बोलेका थिए ।

पाथिभरा एडभरटाईजिङ प्रा.लि तथा पाथिभरा जब लिंक प्रालिका अध्यक्ष एवम प्रबन्ध निदेशक अधिकारीले विज्ञापन भनेको कुनैपनि प्रोडक्टको श्वास भएको बताए । विज्ञापन विना कुनैपनि प्रोडक्ट सफल नहुने भन्दै उनले यहि कुरालाई मध्यनजर गरी मोफसलमा एजेन्सी स्थापित गरेको उनले बताए ।

अध्यक्ष अधिकारीले अब सञ्चार माध्यमहरुले समेत आफनो कभरेज क्षेत्रलाई ध्यान दिएर अघि बढनुपर्ने कुरामा जोड दिए । सरकारले विज्ञापन बिधेयक जारी गरी सकेकाले अब सम्पुर्ण बिज्ञापनहरु प्राधिकरण मार्फत सञ्चार माध्यममा जाने भएकाले सञ्चारमाध्यहरुलाई मजबुत बनाउनका लागि यसले फलदायि भुमिका खेल्ने बताए । पाथिभरा एडभरटाईजिङ प्रा.लि पछिल्लो उत्कृष्ठ एजेन्सीका रुपमा स्थापित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर