क्लासिक टेक प्रा लि पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा

खबर पूर्वाञ्चल, ६ पुष २०७९, बुधबार ११:५५
117
Shares
विराटनगर / देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा लि अब पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ ।

कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्व साधारण हरुका लागि सेयर(आइपियो) जारी गर्नेछ। क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । हाल सम्म ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले अन्य विभिन्न स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रतक्ष्य तथा अप्रतक्ष्य रोजगारी प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५