AArya
RUMPUM
animated ellipse animated ellipse

कर्मचारीका लागी हिसान सुनसरीको एक दिने कार्यशाला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ पुष २०७६, शनिबार १८:३३
3
Shares
सुनसरी / उच्च माध्यमिक शिक्षालय संघ हिसान सुनसरीले जिल्लामै पहिलो पटक कर्मचारीहरुका लागी एक दिने कार्यशाला सम्पन्न गरेको छ ।

फ्रन्ट डेस्क म्यानेजमेन्ट वर्कशप नाम दिइएको कार्यशालाको हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले उद्दघाटन गरेका थिए । कार्यशालामा हिसान सुनसरीमा आबद्द शिक्षालयका ८० जना कर्मचारी सहभागी भएका छन् ।
कार्यशालामा सहभागी शिक्षालयका कर्मचारीहरुलाई पूर्व मिस नेपाल सुगारिका केसी, पर्यटन ब्यवशायी सुनिलकुमार भूषाल, ईटहरी उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत फाल्गुनी काफ्ले, राष्ट्रिय परिक्षा बोर्डका दया राई र ज्ञानुकुमार दाहालले शहजीकरण गरेका थिए ।

यसअघि गत भदौमा हिसान सुनसरीले शिक्षकहरुका लागी कार्यशालाको आयोजना गरेको थियो । हिसान सुनसरीमा आबद्द शिक्षालयहरुलाई आधुनिक र प्रबिधिमैत्री बनाउन कार्यशालाको आयोजना गरिएको कार्यक्रम संयोजक सागर भटराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर