खबर पूर्वाञ्चल
आज प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख ज्ञवालीले खेलमा सहभागी भई प्रथम स्थान हाँसिल गर्न सफल खेलाडीहरुको टोलीलाई खादा ओढाई सम्मान गरि वधाई तथा शुभकामना दिएका हुन् । गत माघ २० गतेबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौमा भएको ४० औं आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९ू मा प्रदेश प्रहरी कार्यालय विराटनगर विजयी भएको थियो।
आइजिपी रनिङ शिल्डको विजेता टिम १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रथम पुरस्कार नगद १ लाख १ हजार तथा सर्वाधिक गोल कर्ता नगद १० हजार सहितको ट्रफी जित्न सफल भएको छ ।