पूर्वाञ्चल खबर
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा आज सम्पन्न उपनिर्वाचन वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका छन् ।
तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए ।११९९ मतदाता रहेको वडामा ९२४ मत खसेको थियो ।