पूर्वाञ्चल खबर
विराटनगर / प्रदेशका सवै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था गरिने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
प्रदेश १ सामाजिक विकास मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाले आज विराटनगरमा आयोजित ‘स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राईले जनतालाई सहज स्वास्थ्य सेवा पहुँचका लागि करारमा चिकित्सक नियुक्तिको प्रक्रिया अगाडि वढाइएको जानकारी दिए ।
प्रदेश सरकारले स्वस्थ्य नागरिकवाट नै समुद्ध नेपाल शुखी नेपालीको लक्ष्य पूरा हुने बताउदै मुख्यमन्त्री राईले आगामी नीति तथा वजेटमा नागरिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी जनप्रतिनिधि र दक्ष कर्मचारीवाट स्वास्थ्य सेवा प्रदान गर्ने बताए । उनले प्रदेशमा देखिएका डेङ्गगु र उदयपुरमा कामि रहने रोगवाट जनता ग्रसित रहेकोमा चिन्ता व्यक्त गर्दै यस्ता चुनौती समाधान गर्न र छिटो छरितो जनतालाई स्वास्थ्य सेवा प्राप्तको अनुभूति गराउन गोष्ठी सफल हुने बताएका छन् ।
सरकारी स्वास्थ्य संस्थालाई आवश्यक पर्ने आधुनिक प्रविधि सम्वन्धमा तथ्याङक संकलन गर्न निर्देशन दिदै मुख्यमन्त्री राईले भौतिक पूर्वाधार , आधुनिक उपकरणको, दक्ष जनशक्ति,सर्वसुलभ औषधिको उपलव्धता सहज गरिने बताए ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारी चिकित्सक काम छाडेर निजी क्षेत्रमा कार्य गर्नेलाई दण्डित गरिने बताउँदै परिणाम शुन्य हुने स्वास्थ्य शिविरहरुको अनुगमन गरि विधि र प्रक्रिया अनुसार सञ्चालन गरिने बताए ।उनले न्यूनतम सुविधा उपलव्ध नगराउने निजी स्वास्थ्य संस्थामा अव ताला लगाउने भन्दै ट्रष्टको नाममा व्यापार गर्ने एम्वुलेन्स सेवाको विकृति अन्य गर्ने जानकारी दिए ।
प्रदेशका १४ जिल्ला अस्पतालका चिकित्सक, अस्पलाल विकास समितिका प्रमुख जनस्वास्थ्य कार्यालयका , आयुर्वेद औषधालय सामाजिक विकास मन्त्रालयका कर्मचारी, जिल्ला समन्वय समितिका अध्यक्ष, र निजी अस्पतालका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।