RUMPUM
animated ellipse animated ellipse

राजनितिक संस्कार विना लोकतन्त्र वलियो हुदैन– डा. कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ कार्तिक २०७६, शुक्रबार २०:०८
3
Shares
फाइल तस्वीर

विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले दलहरुले आप्mनो राजनितिक चरित्र र सस्कार विर्सदै गएको वताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र न ६ ख ले आज विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा डा.कोइरालाले राजनितिक संस्कार विना लोकतन्त्र वलियो नहुने भन्दै दलहरुले सुधार गर्दै जानुपर्नेमा जोड दिए ।
डा.कोइरालाले संघियतालाई वलियो वनाउन दलहरु विच एकता आवश्यक रहेको वताए । मुख्य दलको सहकार्यमा मुलुकमा संविधान र संघियता स्थापित भएकाले यसलाई सहि रुपमा कार्यान्वयन गर्न दलहरु विच सहकार्य हुनु जरुरी उनले जोड दिए ।

कार्यक्रममा प्रदेश १ का आर्थीक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले मुलुको आर्थीक समाजिक विकासका लागी कांग्रेस जिम्मेवार हुनु पर्ने वताए । उनले आस्था विचार जे भएपनि मुलुक निमार्ण गर्ने ऐजेन्डामा सवै दल मिलेर लाग्नु पर्ने मन्त्री आङवोको भनाई थियो ।

कार्यक्रममा विराटनर महानगरपालिकाका प्रमुख भीम पराजुली, कांग्रेस नेता असोक कोइराला, प्रदेश सांसद केदार कार्की, तथा जितेन्द्र गोल्छाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर