CLASSICTECH NET

भोली हुने ऐतिहासिक निशान यात्राको तयारी पुरा

खबर पूर्वाञ्चल, १९ आश्विन २०७६, आईतवार १७:२६

विराटनगर / विगतका वर्ष जस्तै यसवर्ष पनि मोरङको रंगेलीमा आयोजना हुुन लागेको निशान यात्रा २०७६ को तयारी पुुरा भएको छ ।

प्रत्येक वर्ष वडादशैको महानवमीका दिन निशान ध्वजा यात्रा प्रारम्भ हुुदै आएको छ । भोली विहान सात वजे विराटनगर स्थित कालीमन्दिरवाट निशान यात्रा प्रारम्भ हुुदै छ । यात्रामा सहभागी भक्तजन २४ किलोमिटर पैदल हिडेर भोलीनै अपरान्ह रंगेलीको ऐतिहासिक कालीमन्दिर पुुग्ने गर्दछन । विराटनगरको काली मन्दिर देखि रंगेलीको काली मन्दिरलाई सो यात्राले जोडने गरेको छ ।

ध्वजा पताखासहित यात्रामा सवै समुदायका मानिस सहभागी हुुने गर्दछन । यात्राले २४ किलोमिटर दुुरीको यात्रामा ६ ठाउँ विश्राम लिने जनाइएको छ । कालीमाताको निशान वोकेका भक्तजन आठघन्टाको पैदल हिडेर कालीमन्दिर पुुगेर निशान चढाउने गर्दछन् । व्रत वसेर निशान यात्रामा सहभागी हुँुदा मनोकामना पुुरा हुुने भएकाले यात्राको महत्व वढदै गएको निशान यात्रा आयोजक समितिका संयोजक मनोज अग्रवालको भनाई छ ।

निशान यात्रालाई सफल वनाउन प्रदेश सरकार तथा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, धनपालथान गाउँपालिाका तथा रंगेली नगरपालिका सक्रिय भएका छन् ।

निशान यात्रा तीन वजे रंगेली स्थित सन्सारी माईको मन्दिर पुुग्ने र त्याहावाट प्रदेश सरकारका मन्त्री सहभागी वाजागाजा झाँकीसहितको रंगेली काली मन्दिर पुुग्ने संयोजक अग्रवालको भनाई छ । यात्रामा सहभागी भक्तजनका स्वागत गर्न जय दुुर्गेको नारा लगाउदै सडकको दायावाय सर्वसाधारण समेत सहभागी हुुने गर्दछ । तीन वर्ष अगि केही युुवाले शुुरु गरेको यो यात्राले विशाल रुप लिदै आएको छ । यात्राको तयारी पुुरा भएको र यात्रामा पाँच हजारभन्दा वढि भक्तजनको सहभागीत हुुने संयोजक अग्रवालले वताए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५