animated ellipse animated ellipse

विराटनगरको एभरेष्ट स्कुलमा पौडि प्रतियोगिता सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०८१, आईतवार २०:११
252
Shares
विराटनगर/विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा जारी एभरेष्ट पौडि प्रतियोगिता सम्पन्न भएको छ ।

विभिन्न विधाका विभिन्न स्पर्धा हरु गराउँदै बिहिबार सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।

प्रतियोगितामा विद्यालयमा अध्ययनरत करिब तीन सय विद्यार्थीले सहभागिता जनाएको विद्यालयकी अतिरिक्त कृयाकलाप ईन्चार्ज सुधा डंगोलले बताइन्। उनका अनुसार शनिवार सम्पन्न प्रतियोगितामा विभिन्न विधामा २५ मिटर देखि १५०० सय मिटर सम्मका स्पर्धा हरु भएका छन् ।

जस अन्तरगत फ्री स्टाइलको १५०० मिटरको पौडिमा ओनश प्रधान प्रथम हुँदा धावा तामाङ दित्तिय र कृतक बर्तौला तृतीय भए। यस्तै ५०० मिटरको स्पर्धामा हर्षित प्रताप सिंह प्रथम, अथर्व अर्याल दित्तिय र रुद्र शर्मा तृतीय भए फ्री स्टाइलकै ४०० मिटरको स्पर्धामा इमोन लामा प्रथम, मनसुन कार्की दित्तिय र रेहान अन्सारी तृतीय भ्ए।

२०० फ्रि स्टाइलमा ओनश प्रधान प्रथम, धावा तामाङ दित्तिय र सुज्ञान कोइराला तृतीय भए । १०० मिटर फ्रि स्टाइलमा कृतक बर्तौला प्रथम, स्वर्णिम कार्की दित्तिय, हर्षित प्रताप सिंह तृतीय भए। ५० मिटर फ्री स्टाइलमा धावा तामाङ प्रथम, सिद्धार्थ तामाङ र स्वर्णिम कार्की तृतीय भए ।

२५ मिटरमा ओनश प्रधान प्रथम, अंकुश बुढाथोकी दित्तिय र विज्ञान भुजेल तृतीय हुनुभयो भने जुनियरमा मनसुन कार्की प्रथम, हर्षित प्रताप सिंह दित्तिय र कृतक बर्तौला तृतीय भए । फ्री स्टाइलकै छात्रा तर्फको ५० र २५ मिटरका दुवै स्पर्धामा आश्ना कटुवाल प्रथम, अभिलाषा भगत दित्तिय र युदिता श्रेष्ठ तृतीय भइन्।

यस्तै ब्याक स्ट्रोक विधाका समेत विभिन्न मिटरका स्पर्धा भए । जसमा २५ मिटरमा सिद्धार्थ तामाङ प्रथम, धावा तामाङ दित्तिय र इमोन लामा तृतीय भए । ५० मिटर ब्याकस्ट्रोकमा ओनश प्रधान प्रथम, कृतक बर्तौला दित्तिय र सुज्ञान कोइराला तृतीय भए। १०० मिटरमा ओनश प्रधान प्रथम, कृतक बर्तौला दित्तिय र धावा तामाङ तृतीय भए ।

पौडीको ब्रेस्टस्ट्रोक विधाको २०० मिटर स्पर्धामा सिद्धार्थ तामाङ प्रथम, सुज्ञान कोइराला दित्तिय र कृतक बर्तौला तृतीय भए। १०० मिटरमा ओनश प्रधान, धावा तामाङ दित्तिय र सिद्धार्थ तामाङ तृतीय भए। यस्तै छात्रा तर्फ ब्रेस्टस्ट्रोककै २५ मिटरमा आश्ना कटुवाल प्रथम हुँदा अभिलाषा भगत दित्तिय र युदिता श्रेष्ठ तृतीय भइन्।

यसैगरि बटरफ्लाई विधाको २५ मिटर स्पर्धामा सुज्ञान कोइराला प्रथम, अथर्व अर्याल दित्तिय र स्वर्णिम कार्की तृतीय भए। ५० मिटरको स्पर्धामा धावा तामाङ प्रथम, सिद्धार्थ तामाङ दित्तिय र हर्षित प्रताप सिंह तृतीय भए। १०० मिटरमा ओनश प्रधान प्रथम, धावा तामाङ दित्तिय र हर्षित प्रताप सिंह तृतीय भए ।

यस्तै ५० मिटर डल्फिन विधामा सिद्धार्थ तामाङ प्रथम, सुज्ञान कोइराला दित्तिय र कृतक बर्तौला तृतीय भए भने आई विधाको १०० मिटर स्पर्धामा ओनश प्रधान प्रथम, धावा तामाङ दित्तिय र सिद्धार्थ तामाङ तृतीय भए।

विजेता खेलाडीहरुलाई विद्यालयका भाइस प्रिन्सिपल नारायण कडरियालगायतले मेडल वितरण गरे। कक्षा दुईदेखि ५ सम्मका विद्यार्थीहरुको प्रतियोगिता भने गत बिहिबार नै सम्पन्न भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर