RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा निर्माणाधिन बधशालाको काम दुइवर्ष भित्र सम्पन्न हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०७६, बिहीबार २०:०१
3
Shares

विराटनगर / विराटनगरमा निर्माणाधिन पशुु वधशाला व्यवस्थित एंव अत्याधुुुनिक वन्ने भएको छ ।

विराटनगर महानगरपालिकाले एक कार्यक्रमका वीच वधशालाको निमार्ण कार्यले पूर्णता पाउन लागेको जानकारी गराएको हो ।

महानगरपालिकाले वधशालाको व्यवस्थापन र निमार्ण वारे विराटनगरमा आज आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले, वधशाला निमार्णकालागि आवश्यक प्रक्रिया अगाडी बढेको जानकारी दिए । वधशालालाई निमार्ण गर्न प्रदेश सरकार र महानगरपालिकाले आगामी वजेटमा थप रकम विनियोजित गर्ने जनाइएको छ ।

वधशाला निमार्णका लागी २१ करोड २५ लाख रुपैया लाग्ने र त्यसकालागी डिपिआर तयार भई सकेको छ । प्रदेश सरकार र विराटनगर महानगरपालिकाले ५/५ करोड गरि दश करोड रकम विनियोजित गरेको छ ।

दुुइवर्ष भित्र काम सम्पन्न हुुनेगरि वधशालाको निमार्ण प्रक्रिया शुुरु भएको मेयर पराजुलीले जानकारी दिए ।

नेपालमै नमुुना वधशाला निमार्णका लागी हेफर इन्टरनेशनल नेपालले प्राविधिक सहयोग तथा सहजीकरण गरिरहेको संस्थाका कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले वताए।

वधशाला निमार्णगर्न टेण्डर आव्हानकालागी महानगरपालिका प्रशासन महाशाखा प्रमुुख अर्जुुन थपलियाको संयोजकत्वमा सात सदस्य समिति समेत गठन समेत गरिएको छ ।

विराटनगर–८ मा महानगरपालिकाको १ विघा ८ कठा जग्गमा वधशाला निमार्णको काम २०६६ सालमा शुुरु भएको हो । तत्कालिन अवस्थामा १ करोड १९ लाखमा वनेको वधशालाले हालसम्म पनि पूर्णता नपाउँदा स्वस्थ्य मासुखानवाट उपभोक्ताहरु बन्चित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर