पूर्वाञ्चल खबर
विराटनगर / महिलामा हुने हिंसाका प्रमुख कारण बालविवाह नै रहेको आज विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । उनीहरुले २५ वर्र्षमा महिलाले पूर्णरुपमा अध्ययन पूरा गर्ने हुनाले सोही समयमा विवाह गरेमा हिंसाको सम्भावना न्यून रहने बताएका छन् ।
सञ्चारिका समूह नेपाल प्रदेश १ आयोजना गरेको बालविवाहको बदलिदो स्वरुप तथा नीतिगत समस्या विषयक दुई दिने अन्तरक्रियामा कानूनबाट भन्दा जनचेतना जागृतवाट बालविवाह न्यूनियनकरण गर्न सकिने उनीहरुले बताएका छन् ।
नेपालको आर्थिक र सामाजिक बनौटको कारणनै बालविवाह मुख्य समस्या रहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । प्रदेश सरकारले सन् २०२५ सम्ममाा बालविवाह मुक्त प्रदेशको अभियानलाई ग्रामीण तथा दुर्गम क्षेत्रमा सचेतना जागरण गर्न सहयोगका लागि मन्त्री कार्कीले अपीलसमेत गरे ।
सञ्चारिका समूहका पूर्व केन्द्रीय अध्यक्ष निर्मला शर्माले खोजमुलक लेखवाट जनचेतना जागृत गराई निति निर्माणतहमा पु¥याएमा न्यूनिकरणमा सहयोग पुग्ने बताइन् ।
बालविवाहको मुद्दा न्यून रुपमा आउने गरेको जानकारी दिदै जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवाकोटीले यो सामाजिक समस्या भएकोले जनस्तरवाट सुधार गर्नु पर्नमा जोड दिए ।
समूहका अध्यक्ष ईन्दिरा भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतम, मोरङ अध्यक्ष बन्धु पोखरेल जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीलगायतले बालवविवाह हुने मुख्य क्षेत्र एवम् समूदायलाई केन्द्र बनाई यसवाट हुने दुष्परिणाका सम्वन्धमा चेतना वृद्धि गर्नु पर्ने बताए । अन्तरक्रियामा प्रदेश १ का ४० महिला पत्रकारहरुको सहभागिता रहेका थिए ।