पूर्वाञ्चल खबर
पथरी/ मोरङको पथरीशनिश्चरे स्थित पूर्व पश्चिम राजमार्गमा बसको ढोकाबाट लडेर एक सहचालक गम्भीर घाइते भएका छन् ।
आज दिउँसो पौने ४ बजेको समयमा पथरीशनिश्चरे नगरपालिका २ स्थित जय चौकमा पश्चिमतर्फ आईरहेको को १ ख ६६०८ नम्बरको बसका सहचालक मोरङको सुन्दर हैचान गरपालिका ८ का २९ वर्षिय बलराम रिजाल उक्त बसको ढोकाबाट खसी गम्भीर घाइते भएका हुन् । घाइते रिजाललाई उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाईएको छ भने बस र बसचालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको पथरी प्रहरीले जनाएको छ ।