CLASSICTECH NET

पत्रकार बुढाथोकी, साह र पोखरेल पुरस्कृत

खबर पूर्वाञ्चल, २७ असार २०७६, शुक्रबार १७:३३
पुरस्कृत भएपछी सामुहकि तस्वीर खिचाउँदै । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / सञ्चार क्षेत्रमा कार्यरत तीन जना पत्रकारहरु आज विराटनगरमा पुरस्कृत भएका छन् । पुरस्कृत हुने पत्रकारहरुमा गजेन्द्र बुढाथोकी, देवनारायण साह र उमा पोखरेल छन् ।

पत्रकार ओमप्रकाश गोयल आर्थिक पत्रकारित पुरस्कार ५१ हजारबाट बुुढाथोकी , मेम्वर चन्द्रलाल –दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार २१ हजारबाट साह र मीन श्रेष्ठ परिश्रमी महिला पत्रकारिता पुरस्कार १० बाट पोखरेल पुरस्कृत भएका छन् ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको आठौँ स्थापना दिवसको अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने सवैलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, प्रदेश १ का सांसद जयराम यादव र सञ्चारकर्मी सञ्चार सहकारी संस्थाका अध्यक्ष मोहन भण्डारीले वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५