RUMPUM
animated ellipse animated ellipse

विश्वकपमा भारत र पाकिस्तानबीचको खेलमा प्रयोग भएको बल १ लाख ५० हजारमा बिक्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०७६, शुक्रबार ०९:३४
3
Shares
विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी १२ औंं संस्करणको विश्वकपमा भारत र पाकिस्तानबीचको खेलमा प्रयोग भएको बल बिर्कि भएको छ ।

सो खेलमा प्रयोग भएको बल करिब भारतीय रूपैयाँ १ लाख ५० हजारमा बिकेको हो । उक्त खेल भारतले डकवर्थ–लेविसको आधारमा ८९ रनले जितेको थियो ।

आईसिसी विश्वकप–२०१९ सँग सम्बन्धित सामानहरूको लिलामी बिक्री गरिरहेको आधिकारिक वेबसाइट आफिसियल मेमोराबिला डटकमका अनुसार सो बललाई सर्वाधिक बिक्री मूल्यमा बेच्न राखिएको थियो । सो बल २ हजार १ सय ५० अमेरिकी डलरमा बिकेको उसको दाबी छ ।

यसैगरी सो खेलमा प्रयोग भएको टस सिक्का १ हजार ४ सय ५० अमेरिकी डलरमा बिकेको छ भने स्कोरसिटले समेत १ हजार १ सय अमेरिकी डलर मूल्य पाएको सो वेबसाइटको भनाइ छ ।

यस वेवसाइटले भारतसँग जोडिएका २७ चिज बिक्रीमा राखेकोमा मात्र ३ चिज बिक्न बाँकी रहेको जनाएको छ । यसका अलावा यस साइटले अन्य खेलका सामानहरू पनि बिक्रीका लागि राखेको छ ।
यस्तै भारतले हार बेहोरेको सेमिफाइनल खेलमा प्रयोग भएको बल ८ सय ५० अमेरिकी डलरमा बिकेको छ भने टस सिक्का ३ सय ५० डलरमा बिक्री
भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर