पूर्वाञ्चल खबर
विराटनगर /सन् १९०४ मा वेलायतवाट शुरुवात भएको एशोसियसन अफ चार्टड सर्टिफाइड एकाउन्टेन्टस (एसीसीए) प्रोफेसनल कोर्षको आज विराटनगरमा एक दिने सेमिनार सम्पन्न भएको छ ।
विराटनगर १०, मेनरोडमा रहेको स्कूल अफ म्यानेजमेन्ट स्टडीज (सोम्स) कलेजमा अध्ययन–अध्यापन गराइने उक्त कोर्ष ३ वर्ष ६ महीना अवधीको रहने छ । एसीसीए ग्लोबल डिग्री भएका कारण विद्यार्थी संसार भर कामका लागि योग्य हुन्छन् । आर्थिक गतिविधी व्यवस्थीत सञ्चालनका लागि दक्ष जनशक्तिको माग दिनहु बढिरहेको छ । यस्तै वैक तथा वित्तिय र गैर सरकारी संस्थाहरुको बढ्दो संख्या सँगै यी संस्थाको आर्थिक कारोवार व्यवस्थापनका लागि पनि एसीसीएको माग वढ्दो छ । वित्तिय अनूसासन कमजोर भएका संस्थालाई चुस्त बनाउने र गतिशिल वित्तिय प्रणालीको स्थापनामा एसीसीएको भूमिका महत्वपूर्ण भएको कटुवालले बताए ।
पढ्दै गर्दा काम गर्न सकिने, पाठ्य क्रममै इन्टर्नसिप अनिवार्य गरिएको, पढाइ सकिएपछि खाली बस्नु नपर्ने, आकर्षक र तलव र अन्तराष्ट्रिय वजारमा समेत बढदो मागका कारण एसीसीए प्रति विद्यार्थी आर्कषित भएको क्याम्पस प्रमुख आर.सी. कोइरालाले वताए ।
व्यावहारिक पाठ्यक्रम र व्यवसायिक जीवनमा आवश्यक पर्ने ज्ञानका कारण यसतर्पm विद्यार्थीको झुकाव बढेको छ । एसीसीए पढेको जनशक्तिले संस्थाको आर्थिक गतिविधी वलियो वनाउनेदेखि मुलुककै अर्थ व्यवस्थालाई पनि चलायमान वनाउँन सक्ने नवील वैक विराटनगरका क्षेत्रिय प्रमुख रोशन कोइरालाले वताए ।
विश्वव्यापी मान्यता प्राप्त कोर्ष भएका कारण यसको विश्वभरी नै कार्य क्षेत्र हुने भएकोले विद्यार्थीले आकर्षक तलव र सम्मान प्राप्त गर्दछन । हालै नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आई क्यान)सँग सहकार्य सम्झौता भएपछि सम्भावना थप फराकिलो भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रा.डा. देवेन्द्र अधिकारीले आजको व्यवहारीक शिक्षाको आवश्यक्तालाई एसिसिएले पुरा गर्न थप सहयोग गर्ने बताए । सिए अनन्त काफ्ले, आशिष गिरी, रोशन घिमिरे र अजय महतलगायतले यसको महत्व र सम्भावनाको बारेमा प्रकाश पारे ।