पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ लाई हिंसा र अपराध मुक्त प्रदेश वनाउन कार्यमा सरकार अघि वढीरहेको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज विराटनगरमा आयोजित ‘म अघि वढ्छु’ सगरमाथा टिन्स क्लव (एसटिसि) सञ्चालन सम्वन्धी मुख्य प्रशिक्षक प्रशिक्षण समापनका अवसरमा प्रमाणपत्र वितरण गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
प्रदेश सरकारले शुरु गरेको प्रदेशलाई सुसंस्कृत, स्वच्छ, नैतिकवान र लागु औषध दुव्र्यसन मुक्त वनाउने अभियान वनाउने कार्यमा सवैको सहयोग आवश्यक रहेको छ र यसवाट प्रदेशमा विकास र समृद्ध कायम रहेको मुख्यमन्त्री राईले बताए । उनले प्रदेश सरकारले नयाँ अभियानकोका रुपमा सञ्चालन गरेको यूवायूवतीहरुलाई लागु औषध दुव्र्यवसनीवाट मुक्त वनाइ नैतिकवान वनाई समाजप्रति जिम्मेवारी वोध गराई सामाजिक कार्यमा लाग्नमा उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताए ।
प्रदेशको आगामी निति कार्यक्रम र वजेटमा कृषि, पर्यटन पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको जानकारी दिदै मुख्यमन्त्री राईले स्वदेशी र विदेशी पर्यटकको गन्तव्यस्थल, कृषि उत्पादन वृद्धि र निजी उद्योग स्थापनामा प्रोत्साहन गरी रोजगारी वृद्धि गर्ने उद्देश्यले कार्य भइरहेको वताए ।
मुख्यमन्त्री राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलको एउटै उद्देश्य प्रदेशका जनताको आर्थिक समृद्ध कायम गराउनेमा नै केन्द्रीत रहेको वताउदै सहमती र सहकार्यवाट समुन्नत प्रदेश निर्माणका लागि सरकारले सवैको साथ र सहयोग लिने प्रतिवद्धता व्यक्त गरे ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले यूवापुस्तालाई सामाजिक हिंसा, लागु पदार्थ दुव्र्यवसन नियन्त्रण, विपद व्यवस्थापनमा यस अभियान केन्द्रीत रहने र यसवाट समाजमा दीर्घकालिन सोचको विकास हुने बताए । उनले अघियान अन्तर्गत प्रदेशको १३७ स्थानीय निकायमा रहेका दुई हजार विद्यालयका २ लाख विद्यार्थीहरुवीच स्वयसेवकहरु पुगी उनीहरुलाई महिला हिंसा अन्त्य र सकारात्मक भावना जागृत गराउन प्रशिक्षित गर्ने र विद्यालय ड्रप आउट सून्य प्रतिशतमा झार्ने वताए ।
प्रदेश सरकारले १४ जिल्लाका १४ जना स्वयमसेवकहरु गरी जम्मा ३५ जना प्रशिक्षकहरुलाई यही जेठ १३ गतेदेखि मुख्य प्रशिक्षकको रुपमा तालीम प्रदान गरिएको हो ।
तालीम प्राप्त प्रशिक्षकहरुले प्रदेशका १४ जिल्लाका सामुदायिक तथा संस्थगतका दुई हजार विद्यालयहमा ९ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई सामजिाक विसंगति, लागु पदार्थ दुव्र्यसन, विपद व्यवस्थापन , समाज निर्माण , नैतिक शिक्षा आदि विषयमा सहजीकरण गर्ने छन् ।