RUMPUM
animated ellipse animated ellipse

अध्यक्ष छान्न लर्डबुद्ध निकेतनमा निर्वाचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ जेष्ठ २०७६, शुक्रबार १८:१७
27
Shares

विराटनगर / विराटनगर–२ स्थित लर्डबुद्ध निकेतन विद्यालयमामा रहेको बालक्लव अध्यक्षको लागि निर्वाचन सम्पन्न भएको छ ।

विभिन्न ६ वटा बालक्लव अध्यक्षको लागि आज स्कूलमा निर्वाचन भएको हो । कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले मतदान गरेको स्कूलका प्रिन्सिपल डिके प्रधानले बताए ।

विद्यार्थीहरूलाई थप जिम्मेवार बनाउन तथा समुहमा काम गर्ने बानीको विकासका लागि उक्त विद्यालयमा अनुशासन क्लव, एसेम्बलि क्लव, समाचार संकलन क्लव, भित्ते पत्रिका तथा साहित्यिक क्लव, भाषा सुपरिवेक्षण क्लव, वातावरण तथा सरसफाई क्लव गरी ६ वटा क्लवको अध्यक्षहरू चयन हरेक वर्ष निर्वाचन पद्दतिद्वारा गरिदै आएको प्रिन्सिपल प्रधानले जानकारी दिए । यस्ता खाले गतिविधिले विद्यार्थीहरूलाई सानै उमेरदेखि सहि नेतृत्व चयन गर्न आफ्नो मत अधिकारको प्रयोग गर्नुपर्छ भन्ने शिक्षा दिने कुरा स्कूलका भाइस प्रिन्सिपल मनोज ओजाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर