animated ellipse animated ellipse

काँग्रेसको विराटनगरमा चार वडामा सभापति सर्वसम्मत चयन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ आश्विन २०७८, मंगलवार २१:१२
2.9k
Shares
विराटनगर / नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा विराटनगर महानगरपालिका भित्रका चार वटा वडामा वडा सभापति सर्वसम्मत चयन भएका छन् ।

विराटनगर ७, ९, १० र १६ नं. वडामा काँग्रेसको वडा सभापति सर्वसम्मत चयन भएको हो । यसरी विराटनगर ७ मा असुल विष्ट, ९ मा अजीता कोइराला, १० मा अर्जुन कार्की र १६ मा उद्धव भूजेल सर्वसम्मत चयन भएको नेपाली काँग्रेस मोरङले जनाएको छ । सर्वसम्मत चयन भएका मध्ये विराटनगर ९ मा अजीता नेपाली काँग्रेस मोरङको सचिब नागेस कोइरालाका श्रीमती हुन् । विराटनगर १६ मा उपसभापति र क्षेत्रिय प्रतिनधीहरू पनि सर्वसम्मत चयन भएको नेपाली काँग्रेसको नेता तथा वडाअध्यक्ष मनोज सुब्बाले जानकारी दिए । यो वडाका उपसभापतिमा संजीव मण्डल र उमेश तामाङ पनि सर्वसम्मत चयन भएको वडाअध्यक्ष सुब्बाले बताए ।
विराटनगरको १५ वडामा निर्वाचन, कुन वडामा कसको उम्मेदवारी ?
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बुधबार १५ वडामा निर्वाचन हुने भएको छ । विराटनगरमा १९ वडा रहेको मध्ये पाँच वडामा सर्वसम्मत नेतृत्व चयन भएपछि बाँकी रहेको वडा भित्र निर्वाचन हुने भएको हो ।

विराटनगर १ मा वडा सभापतिमा उद्धव आर्यल र छवी पराजुलीले उम्मेदवारी दिएका छन् । उनीहरू वडा सभापति, उपसभापति र क्षेत्रिय प्रतिनिधीमा प्यालन बनाएर चुनावी मैदानमा होमिएका छन् । वडा सभापतिमा उम्मेदवारी दिएका अर्याल विराटनगर महानगरपालिका १ का वडाअध्यक्ष पनि हुन् ।

यस्तै विराटनगर २ को वडा सभापतिमा ज्ञानेश्वर नेपाल र कुमार कटुवालको उम्मेदवारी परेको छ । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको घर भएको वडा विराटनगर ३ मा कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यो वडामा पाँच जनाले वडा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । महानगरपालिका भित्र सबैभन्दा बढी क्रियाशिल सदस्य रहेको यो वडामा सत्रुधनचन्द्र पौडेल, धमेन्द्र बानिया, राजन पोखरेल, सन्तोष अधिकारी र बावा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । ३ वडामा ९ सय ३७ क्रियाशिल सदस्य रहेको काँग्रेस नेता तथा विराटनगर ३ का वडाअध्यक्ष बिनोद कुमार बस्नेतले जानकारी दिए ।

यसैगरि विराटनगर ४ मा राजकुमार तबदार र विरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन्
। विराटनगर ५ मा वडा सभापतिमा चार जनाको उम्मेदवारी परेको छ । यो वडामा प्रभाकर मान सिंह कार्की, सुरेश श्रेष्ठ, रोम भट्टराई र काजीबावु पोखरेलको उम्मेदवारी रहेको छ । विराटनगर ६ मा तीन जनाको उम्मेदवारी रहेको छ । सो वडामा बुद्धी थापा, राम ढकाल र अमरबहादुर श्रेष्ठ चुनावी मैदानमा छन् । यसैगरि विराटनगर ८ मा कबिराज कुवर, दिपक भट्टराई र सृजन आचार्यको उम्मेदवारी रहेको छ ।

त्यस्तै विराटनगर ११ मा संजय नेपाल र रामसुन्दर राजवंशीले वडा सभापतिमा उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन् । विराटनगर १२ मा हरीनारायण यादव र देवीराज दाहाल रहेका छन् । यस्तै विराटनगर १३ मा तारानाथ तिम्सिना र मुन्ना रिसाल रहेका छन् भने १४ मा प्रदिप यादव र श्रवण यादव रहेका छन् । विराटनगर १५ मा प्रकाश साह र बिगम्बर ढंगोल रहेका छन् । यसैगरि विराटनगर १८ मा बसन्त राजवंशी र तुला यादव रहेका छन् भने विराटनगर १९ मा जितेन्द्र खवास र शेषराज राजवंशीले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर