CLASSICTECH NET

राष्ट्रिय अपाङ्ग महासंघको महाधिवेशन भोलीदेखि विराटनगरमा शुरु हुँदै

खबर पूर्वाञ्चल, २४ चैत्र २०७५, आईतवार २१:४३

विराटनगर / राष्ट्रिय अपाङ्ग महासंघको आठौं राष्ट्रिय महाधिवेशन भोलीदेखि विराटनगरमा शुरु हुँदैछ ।

विराटनगरको जैन भवनमा हुने ८ औं राष्ट्रिय महाधिवेशन तथा १९ औं बार्षिक साधारणसभामा ७७ वटै जिल्लाका ६ सय ३१ जना प्रतिनिधि विराटनगर आईपुगेका छन् । दुई दिनसम्म चल्ने महाधिवेशनले ४३ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ । तीन बर्षे कार्यकालका लागि अध्यक्षमा दलगत उम्मेद्धवारी दिने भएका छन् । नेकपाबाट विराटनगरका राम कार्की र मित्रलाल शर्मा तथा नेपाली काँग्रेसबाट गणेश केसीले उम्मेदवारी दिने बुझिएको छ ।

अधिकारवादी संस्थामा दलगत प्रतिष्पर्धा हुने देखिएपछि अपाङ्गता भएका व्यक्तिहरुले गुनासो गरेका छन् । उनीहरुले सर्वसम्मत नेतृत्व चयनका लागि दवाव दिने बुझिएको छ । महाधिवेशनमा मतदानका लागि सवैखाले अपाङ्गता भएका व्यक्तिहरुलाई हुनेगरि विद्युतिय भोटिङ मेसिनको व्यवस्था गरिएको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं. १ का कार्यक्रम संयोजक विमल वस्नेतले बताए । भोलीदेखि विराटनगरमा महाधिवेशन शुरु हुने भएपनि विराटनगरको सडकका कारण धेरै अपाङ्गता भएका व्यक्तिहरुलाई महाधिवेशन स्थलसम्म पुग्न समस्या भएको छ ।

वीरेन्द्र सभा गृहमा गर्ने तय भएपनि शौचालय र भौतिकक संरचना अपाङ्ग मैत्री नभएपछि जैन भवनमा सारिएको कार्यक्रम संयोजक वस्नेतले बताए । महाधिवेशन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५