CLASSICTECH NET

केभिएम स्कूलमा अभिभावक पुनर्शिक्षा कार्यक्रम सम्पन्न

खबर पूर्वाञ्चल, २३ चैत्र २०७५, शनिबार १९:५५

विराटनगर / विराटनर–१० मा रहेको कोशी विद्या मन्दिरले २५ औ वर्ष प्रवेश गरेको अवसरमा अभिभावक पुनर्शिक्षा कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि स्कूलमा अध्ययनरत विद्यार्थीका अभिभावकविच अभिभावक पुनर्शिक्षा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा यूकेजीदेखि कक्षा ९ सम्म अध्ययनर विद्यार्थीका २ सय ५५ जना अभिभावकहरु सहभागि रहेको स्कूलले जनाएका छ । दुइदिनसम्म चलेको कार्यक्रमको सहजिकरण शिक्षाविद रामनारायण पाण्डेले गरेका थिए । शिक्षाविद पाण्डेले अभिभावकले आफुलाई नसुधारेसम्म आप्mना नानीहरुलाई सुधार्न नसक्ने बताए ।

स्कूलका निर्देशक राजेशकुमार दासले विद्यालयको २५ वर्षे इतिहासमा सैकडौं संख्यामा विद्यार्थीहरुलाई असल नागरिक बनाउँन सफल भएको र आगामी दिनमा अझ बढी उत्साहकासाथ यस अभियानमा स्कूल सधै लाग्ने निर्देशक खासले बताए । स्कूलका प्रिन्सिपल धिजनबाबु काप्mलेले विद्यालयले समय समयमा अभिभावकका निम्ती यस्ता किसिमका उत्प्रेरक कार्यक्रमले अझ उत्साहित बनाएको बताए । सोही अवसरमा स्कूलका अभिभावक देवी र सारदा पौडेल तथा रामनारायण र कल्पना दासलाई सम्मानसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५