RUMPUM
animated ellipse animated ellipse

नेपाल साफ महिला च्याम्पियनसीपको उपाधि जितेमा प्रत्येक खेलाडीलाई २ लाख पुरस्कारको घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ चैत्र २०७५, शुक्रबार १३:०२
3
Shares
विराटनगर / नेपालले साफ महिला च्याम्पियनसीपको उपाधि जितेमा प्रत्येक खेलाडीलाई प्रदेश १ सरकारले २ लाख दिने घोषणा गरेको छ ।

साफ महिला च्याम्पियनसीपको उपाधिका लागि आज नेपालले र भारतसँग प्रतिस्पर्धा गदैृछ । प्रदेश नं १ सरकारले नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपालले बिजयी प्राप्त गरेमा जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को आज भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो विजेता भएमा खेलाडीको हौसला प्रदान गर्न प्रोत्साहन स्वरुप जनही एक लाख प्रदान गर्ने निर्णय भएको छ ।
प्रदेशको अस्थायी राधजधानी विराटनगरमा फागुन २८ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल शुक्रबार दिउँसो ३ बजे सहिद रंगशालामा हुँदैछ। सन् २०१० बाट सुरु साफमा नेपाली टोली अहिलेसम्म चारपटक फाइनल पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर