पूर्वाञ्चल खबर
इलाम / इलाम नगरपालिका ४ सिम्लेमा पिकअप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
बिहिवार साँझमा ताप्लेजुङबाट ईलामतर्फ आउँदै गरेको सडक बिभाग ताप्लेजुङको बा १ झ ९८९८ नम्बरको जिपको ब्रेक फेल भई सडकबाट एक सय मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार ५ जना नै गम्भीर घाईते भएका थिए । घाईतेहरुलाई घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि झापा स्थित बि.एण्ड.सि. अस्पताल पठाएकोमा उपचारको क्रममा तेह्रथुमकी ५० बर्षीया जानुका योङहाङको राती ८ बजे मृत्यु भएको हो ।
दुर्घटनामा परी फुङलिङ नगरपालिका ५ की ७४ बर्षीया धनमाया लिम्बु, नुवाकोट ककनी गाउँपालिका ५ का १८ बर्षीय जंग तामाङ र सोही स्थानका जिप चालक २६ बर्षीय रितिक लामा तथा लेलेप गाउँपालिका २ का ४५ बर्षीय पेम्बा शेर्पाको बि.एण्ड.सि. अस्पतालमा उपचार भईरहेको इलाम प्रहरीले जनाएको छ ।