AArya
RUMPUM
animated ellipse animated ellipse

हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०७५, बुधबार १९:१९
3
Shares

विराटनगर / मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन थालिएको छ । आजवाट मोरङका सवै स्थानमा औषधी खुवाउन शुरु गरिएको छ ।

यसै वीच विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले एक कार्यक्रमका वीच औषधी खाएर अभियानको शुभारम्भ गरेका छन् । मेयर पराजुलीले सबै जनतालाई औषधी खान समेत आग्रह गरे । दुई सातासम्म सञ्चालन हुने औषधी सेवन कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयम्सेविकाले नजिकको स्वास्थ्य सेन्टर र घर–घरमा पुगेर औषधी खुवाउने बताइएको छ ।

हात्तीपाइले रोगको औषधी २ वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी, मुटु रोगी, क्यान्सरका बिरामी, मृगौला रोगी, छारेरोग भएका व्यक्तिले सेवन गर्न नहुने स्वास्थयकर्मीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर