RUMPUM
animated ellipse animated ellipse

हुलास वायरले ९३ जनालाई कामबाट निकालेपछि श्रमिक आन्दोलित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०७८, बुधबार १८:३२
2.9k
Shares
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका –३ मा रहेको हुलास वायर इण्डष्ट्रीज प्रालिले ९३ जना श्रमिकलाई निकालेपछि आन्दोलित भएका छन् ।

वर्षौदेखि काम गर्दै आएका श्रमिक निकालेपछि हुवाल वायर अगाडी मजदुरहरू आज आन्दोलित भएका हुन् ।

राज्यले तोकिदिएको श्रम ऐन अनुसारको सेवा सुविधा माग गर्दा मङ्गलबार हुलासले उद्योगमा १० वर्षदेखि कार्यरत ९३ जना श्रमिक कटौती गरेको थियो । उनीहरूले निकालेको श्रमिकलाई पुनः बहाली गरिनुपर्ने र श्रम ऐन अनुसार राज्यले तोकेको सेवा सुविधा दिनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् । आज बिहान काम गर्न जाँदा कटौतीमा परेका एल्बे, ची.आई, वाटिङ र मेन्टेनेन्स फाँटका श्रमिकहरुलाई भित्र प्रवेश गर्न दिएन । काम गर्न गएका श्रमिकलाई गेटमा रोकेपछि उनीहरू आन्दोलित बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर