RUMPUM
animated ellipse animated ellipse

कोशीको कोभिड अस्पतालमा विराटनगरकी संक्रमित महिलाको मृत्यु , विराटनगरमा मृत्यु हुनेको संख्या १६ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ भाद्र २०७७, बिहीबार २१:३९
1.13k
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

विराटनगर १९ की ४४ वर्षिय महिलाको उपचारको क्रममा आज राती ७ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

कोशी अस्पतालको आइसोलेशनबाट स्वास्थ्यमा गम्भिर समस्या भएपछि रिफर गरिएको विरामीको उपचारको क्रममा मृत्यु भएको कोभिड अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए । ती महिलालाई पाँच दिनदेखि ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि आज दिउँसो कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । सोही दिन गरिएको पीसरीआर परीक्षणमा संक्रमण देखिएपछि थप उपचारको लागि कोभिड अस्पताल पठाएको कोशी अस्पतालका डा. लक्ष्मीनारयण यादवले जानकारी दिए ।

यो सँगै कोशीको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने विराटनगरमा कोरोनाको कारण हालसम्म १६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर