पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा रहेको शिक्षादीप कलेजले १० औं वार्षिक उत्सव मनाएको छ ।
कलेजले आज विविद्य कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा कलेजले लिएको आन्तरीक तथा बोर्ड परिक्षामा उत्कृष्ट हुने र आन्तरीक तथा हिसान खेलकुदमा उत्कृट हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । विद्यार्थीहरुले वार्षिक उत्सवमा नृत्य, गायन, कवितालगायतको विभिन्न कार्यक्रम गरी उपस्थीत अतिथीलगायत सवैलाई दिनभर मनोरञ्जन प्रधान गरेका थिए । सोही अवसरमा वर्ष भरी उत्कृष्ट काम गरेको भन्दै कलेजका कर्मचारी प्रेम कुइकेल तथा उत्कृष्ट शिक्षक भोला लुइटेललाई नगदसहित सम्मान गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि साहित्यकार दधिराज सुवेदी, प्रदेश १ का प्रदेश साँसद केदार कार्की, विराटनगर महानगरपालीकाका प्रमुख भीम पराजुली,राष्ट्रिय परिक्षा बोर्ड विराटनगरका प्रमुख दिब्यराज चापागाई, उधोग संगठन मोरङका अध्यक्ष भीम घिमिरे,हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष बलराम पन्त, कलेजका को–अर्डिनेटरद्वय शंकर भट्टराई र बसन्त बस्नेत, कलेजका मुख्य निर्देशक रमेश मण्डल र निर्देश शैलेन्द्र शिवाकोटीलगायतले बोलेका थिए । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काकोे सभापतित्वमा वार्षिक उत्सव सम्पन्न भएको थियो ।