CLASSICTECH NET

पत्रकारलाई महासंघको सहयोग

खबर पूर्वाञ्चल, २४ माघ २०७५, बिहीबार २१:४८

विर्तामोड / नेपाल पत्रकार महासङ्घ १ नं. प्रदेश समितिले झापाका तीन जना पत्रकारलाई ७५ हजार रुपैयाँ आर्र्थिक सहयोग प्रदान गरेको छ ।

प्रदेश महासङ्घले पत्रकारहरु मायाँ पकुवाल, अमृतलाल श्रेष्ठ र दिपक अधिकारीलाई आर्थिक सहयोग गरेको हो ।

दवै मृगौलामा समस्या आएपछि मृगौला प्रत्यारोपण गरेर पकवाल उपचारको क्रममा रहेकी छिन् भने पत्रकार श्रेष्ठ मृगौला खराबीकै कारण नियमित डायलासिस गरिरहेका छन् । यस्तै पत्रकार अधिकारीकी श्रीमति पत्रकार सुभद्रा खड्काको क्यान्सर रोगको कारण केही दिन अगाडि निधन भएको थियो ।

पत्रकार पकुला झापाबाट प्रकाशित बरुण साप्ताहिकको सम्पादक, पत्रकार श्रेष्ठ राससका संवाददाता र स्व.पत्रकार खड्का नौलो आवाज साप्ताहिकमा आबद्ध रहेका थिए । पत्रकार महासंघ प्रदेश समितिले तीनै जना पत्रकारको घरमा पुगेर जनही २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

महासङ्घका प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल र महासचिव विवेक गौतमसहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो । महासंघको संयोजनमा गत पुस ४ र ५ गते विराटनगरमा आयोजित राष्टिूय सम्मेलनको खर्च मितिव्ययी गरेर बचत भएको रकम विरामी पत्रकारहरुलाई प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५