खबर पूर्वाञ्चल
स्रोतका अनुसार हत्यामा श्रीमती र अर्को एक व्यक्तिको संलग्नता छ ।
दुलालले सञ्चालन गरेको देवी माँ पाथीभरा फर्मामा तीन महिना अघि काम गर्ने ब्रम्हदेव साह र श्रीमती मीना श्रेष्ठ दुलालको पूर्व योजनामा हत्या भएको हो ।
हत्यामा संलग्नलाई आज दिउँसो पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
साह र मिना बिच अवैध सम्बन्ध रहेको र दुलालले केही दिन अघि थाहा पाएपछि दुलाल परिवारमा विवाद भइरहेको समेत बताइएको छ ।
डोरीले घाँटीमा बाधेर हत्या
शनिबार राति दुलालको घरमा औषधि व्यावसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । दुई जना राति करिब नौं बजे दुलालको डेराबाट निस्किएका थिए ।
रातको समयमा यादव डेरा छेउमा लुकेर बसेका थिए । दुई जना निस्किएपछि दुलाल सुतेका थिए । सुतेको समयमा राति दुईजनाको संलग्नतामा हत्या भएको प्रहरी निष्कर्ष छ ।
दुलालको हत्यामा डोरी प्रयोग भएको थियो । उनको घाँटीमा डोरीले बेरेको निलडाम छ । निधारको चोट भने प्रतिकार गर्न खोज्दा खाटमाा ठोक्कीर लागेको थियो ।
दुलाल बस्ने कोठमा दुईवटा बेड राखिएको छ । शनिबार राति एउटा बेडमा श्रीमती मीना र ८ वर्षिय छोरा सुतेका थिए । दुलाल छुट्टै बेडमा सुतेका थिए ।
मीनाले बताए अनुसार राति २ः४१ बजे उठेर हेर्दा अचेत भेटिएपछि छिमेकी र अन्य साथीलाई बोलाएर अस्पताल पूर्याएका थिए ।
हत्या पछि दुलालको डेराबाट निस्किएका यादवले हत्यामा प्रयोग भएको डोरी न्यूरो अस्पताल नजिकै रहेको झाडीमा फालेका थिए । प्रहरीले डोरी पनि फेला पारेको छ ।
दुलालको घर सुनसरी खनार हो । तर करिब ६ वर्षयता उनी विराटनगरमा बसेर माँ देवी पाथिभरा फर्मा सञ्चालन गरिरहेका थिए ।