CLASSICTECH NET

रुपमतीको हत्याको आरोपी सार्वजनिक

सामुहिक बलत्कारपछि रुपमतीको हत्या
खबर पूर्वाञ्चल, २० माघ २०७५, आईतवार १८:३०

विराटनगर / विराटनगर – ८ बलवाइकी – १० वर्षिय गुडिया भनिने रुपमती दासको हत्याको आरोपमा मोरङ प्रहरीले दुई जना छिमेकी युवालाई पक्राउ गरि सार्वजानिक गरेको छ ।

प्रहरीले आज पत्रकार सम्मेलन गरि विराटनगर – ८ बलुवाहीका १९ वर्षिय चन्दु महतो र सोही ठाउँका २५ वर्षिय भुट्टु भन्ने अब्बास अन्सारीलाई हत्याको आरोपमा पक्राउ गरि सार्वजानिक गरेको हो ।
एक साता लामो अनुसन्धानपछि वास्तविकता पत्ता लगाउँदै घटनामा संलग्न अभियुक्तले बलत्कारपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले बताए । पक्राउ परेका दुवै युवा रुपमतीकै छिमेकी हुन् । ‘लामो समयसम्मको अनुसन्धानपछि यस घटनामा पत्ता लगाउन प्रहरी सफल भएको छ,’ एसपी केसीले भने, ‘रुमतिलाई मुख थुनेर आलोपालो गर्दै पक्राउ परेका दुई व्यक्तिले बलत्कार गरे । त्यसपछि घाटी थिचेर हत्या गरेको देखियो ।’

पक्राउ गरेका दुवै जना लागूऔषध दुव्र्यसनी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले यस घटनामा २४ जनासँग सोधपुछ गरिएको र जसमध्धे १७ जनालाई अनुसन्धानको दायरमा ल्याएको एसपी केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५