CLASSICTECH NET

हुण्डि कारोवारी गर्ने सहकारीको अध्यक्षसहित तीन पक्राउ

अवैध हुण्डीको ६९ लाख बरामद
खबर पूर्वाञ्चल, २९ पुष २०७५, आईतवार २०:१५
फाइल तस्वीर

विराटनगर/ अवैध हुण्डीको कारोबार गर्ने विराटनगर– ७ स्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष राजेश हेडासहित तीनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सहकारीका व्यवस्थापक विराटनगर १२ दिपककुमार कर्ण र विराटनगर ११ का सुमित साहलाई आज दिउँसो विराटनगरबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रवक्त्ता डिएसपी धनश्याम श्रेष्ठले स्रोत नखुलेको अवैध ६९ लाख ५७ हजार ६ सय रुपैयाँ सहित सहकारी सस्थाका पदाधिकारी र कर्मचारीहरुलाई पक्राउ गरेको बताए ।
पक्राउ परेका मध्ये हुण्डीको कारोबार गर्ने मुख्य व्यक्ति राजेश रहेको र उनले कहाँ कहाँ र क कस्लाई रकम पठाउने गरेका थिए अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

पहिले विराटनगरमा विभिन्न पसल, घर र सटही काउण्टरहरु मार्फत हुण्डिको कारोवार हुदै आएको थियो । लामो समयदेखि चल्दै आएको हुण्डिको कारोवारलाई दुई बर्षअघिदेखि मोरङ प्रहरीले निरन्तर भत्काउदै आएको थियो । प्रहरीले हुण्डि कारोवारमा कडा निगरानी राख्न थालेपछि अबैध कारोवारीहरुले सहकारी सँस्थाहरुलाई प्रयोग गर्न थालेको प्रहरीको बुझाई छ । मोरङका एसपी मनोज केसीले भने, ‘हुण्डिको सञ्जाल ध्वस्त भएपछि कानूनबाट जोगिन विभिन्न विकल्पहरु खोज्न थालेको पाइयो त्यसैको एउटा उदाहरण सहकारी पनि प्रयोग भएको फेला परेको हो ।’

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५