AArya
RUMPUM
animated ellipse animated ellipse

क्यान इन्फोटेक मेला सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ पुष २०७५, बिहीबार १८:३०
3
Shares

विराटनगर / विराटनगरमा आज देखि प्रदेश स्तरीय क्यान इन्फोटेक मेला सुरु भएको छ ।

प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले मेलाको उद्घाटन गर्दै विश्व नै सुचना तथा प्रविधि मैत्री बनिरहेको अवस्थामा एक नम्बर प्रदेशपनि त्यसै दिसातर्फ अघि बढेको बताए । गरे । प्रदेशको सुचना तथा संचारमन्त्री समेत रहेका मन्त्री कार्कीले प्रदेशको शान्ति सुरक्षा देखि शैक्षिक क्षेत्रसम्मलाइ सुचना प्रविधि युक्त बनाइने प्रतिबद्धता व्यक्त गरे ।

एक नम्बर प्रदेशलाई आवश्यक पर्ने सुरक्षा जनशक्ति अभाव रहेको बताउँदै मन्त्री कार्कीले थप जनशक्ति थप्ने अवस्था नरहेकाले प्रदेशको सुरक्षा व्यवस्थालाई प्रविधिसंग जोडेर प्रभावकारी बनाइने उल्लेख गरे ।

पुष २३ गते सम्म सञ्चालन हुने क्यान इन्फोटेकमा २ लाख मानिसले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । उक्त न्यफोटेकमा १ सय १० स्टल राखिएको छ । क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने छ । इन्फोटेकमा रोबो बार, पब्जी, स्मार्ट सिटी मोडेलिङ, ह्याकाथोन, भिडियो थिम च्यालेन्ज जस्ता युवा तथा विद्यार्थी लक्षित कार्यक्रम पनि मुख्य आकर्षण छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर