AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने झापाबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ माघ २०७७, सोमबार २०:१७
531
Shares
झापा / चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा–९ का २९ बर्षीय पंकज पौडेली बिक पक्राउ परेका हन् । पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगि मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले विर्तामोड नगरपालिका–२ बाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बिकको साथबाट नगद तीन लाख छपन्न हजार सात सय दश रुपैयाँ,े उनको घर कोठामा रहेको दराज भित्रवाट दुई लाख आठ हजार दुई सय रपैयाँ र पौडलीको घर पछाडीको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा आठ लाख तीस हजार तीन सय पाँच रुपैयाँ गरी तेह्र लाख पन्चानब्बे हजार दुई सय पन्ध्र रुपैयाँ नगद बरामद भएको छ ।

यसैगरी पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १ थान ,विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ थान ,अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी १ थान र सिम सहितको २ थान बरामद भएको छ ।

ठगीको आरोपमा पक्राउ परेका बिकलाई थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमान्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर