विराटनगर बास्केटवल एकेडेमीको आयोजनामा असार १७ गते हुने प्रतियोगितामा प्रदेशभरका करिब १६ वटा टीमको सहभागिता रहने आयोजकले विश्वास ब्यक्त गरेको छ । विराटनगरको एभरेष्ट कलेजको मुख्य प्रायोजन रहेको प्रतियोगिताका उत्कृष्ट तीन टिमले नगद पुरस्कारसहित मेडल प्राप्त गर्नेछन् ।
एभरेष्ट कप प्रदेश स्तरिय ३×३ बास्केटबल टुर्नामेन्ट नाम दिइएको यस प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, द्धित्तियले नगद ३० हजार र तृतिय हुनेले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागीता जनाउन चाहने टीमले असार १० गतेसम्म रजिष्ट्रेसन गराउन सक्ने विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले बताए।
एभरेष्ट कलेज परिसरमा रहेको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई सोहि कलेज पढ्न चाहे विशेष छात्रबृत्ति समेत प्रदान गरिने कलेजका सहायक क्याम्पस प्रमुख नारायण कडरियाले बताए ।
तपाईको प्रतिक्रिया