AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका मिलन जेसीजको कार्यकारिणी उपाध्यक्ष

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० पुष २०७५, मंगलवार २१:५३
3
Shares
विराटनगर / विराटनगरका श्याम सुन्दर पौडेल (मिलन) नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएको छन् ।

जनपुरमा सम्पन्न भएको नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशनबाट पौडेल कार्यकारिणी उपाध्यक्षमा ७ सय ४१ मत ल्याएर निर्वाचित भएका हुन् ।

विराटनगर जेसीजको अध्यक्ष हुँदै नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षसम्म भइसकेका नवनिर्वाचित पौडेलले यूवाहरूको नेतृत्वमा विकासमा आफ्नो पहिलो प्रथामिकता रहने बताए । ‘यूवाहरुलाई उद्यमशिलतर्फ आर्कषित गराउने मेरो लक्ष्य छ,’ पौडेल कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएपछि भने, ‘अहिले वैदेशिक रोजगारमा यूवाहरू गइरहेका छन् । त्यस्तो यूवालाई तालिम दिएर स्वेदेशमै रोजगारीको वातवरण सृजना गर्ने खालको उत्प्रेरणा जोगाउने योजना विस्तार गर्नेछु ।’ उनले समाज र राष्ट्र निमार्णमा योगदान पु¥याउने खालको यूवा बनाउन आफु लागी पर्ने बताए ।

जेसीजको अध्यक्षमा महेश निर्वाचित
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा इटहरीका महेश पौडेल निर्वाचित भएका छन् । नेपाल जेसीजको वर्ष २०१९ का लागि पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
पौडेलले आफ्ना प्रतिद्वंन्द्वी सुदीप राजभण्डारीलाई ६ सय ५१ मतान्तरले पराजित गरे । बागलुङ जेसीजका राजभण्डारीले २ सय ४० मत ल्याउँदा पौडेलले ८ सय ९१ मत ल्याए ।

नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षहरूमा रबीन पोखरेल, जेसी श्यामसुन्दर पौडेल (मिलन) रमेशचन्द्र भुसाल र अमिस ढकाल विजयी भएका छन् । पौडेल विराटनगर जेसीजका र ढकाल गछिया जेसीजका प्रतिनिधि हुन् ।

त्यस्तै, उपाध्यक्षहरूमा लालमणि भुसाल, इनु थापा, गोकुल सापकोटा, मोहनलाल डाँगी, रूकमणी सिग्देल, हरिकुमार शर्मा चयन हुनुभएको छ । त्यस्तै, भोजराज चापागाई, कमल भण्डारी, सुमनकृष्ण श्रेण्ठ, अर्जुन अधिकारी, कृष्णप्रसाद अर्याल र दिनेश बोहरा पनि उपाध्यक्षमा निर्वाचित भए ।

महाधिवेशनमा अध्यक्षका लागि २ जना, कार्यकारिणी उपाध्यक्षमा ८ जना र उपाध्यक्षमा २० जना प्रतिस्पर्धी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर