AArya
RUMPUM
animated ellipse animated ellipse

नागरिकता किर्ते मुद्धामा फरार ६ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७५, बिहीबार १५:१८
3
Shares

विराटनगर / मोरङ प्रहरीले नागरिकता किर्ते मुद्धामा फरार रहेका ६ जनालाई बुधवार पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङबाट जरिवाना सजाय भई फरार रहेका मोरङ जहदा गाउँपालिका २ का ३८ वर्षिय रामप्रित पासवान, ५५ वर्षिय पञ्चु साह, ६५ वर्षिय सुर्यनारायण साह ,५५ वर्षिय डोमी पासवान, ३५ वर्षिय श्रवणकुमार साह र ४५ वर्षिय रविलाल मण्डललाई पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत मोरङले २०७१ साल श्रावण १६ गतेको फैसलाले जनही २५ हजार रुपैयाँ जरिवाना सजाए तोकेको थियो । उनीहरुलाई प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका २ मा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका ६ जनालाई आज अदालतमा उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर