पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
विराटनगर / निजी तथा आवासिय विद्यालय नेपाल(प्याब्सन) मोरङको अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित भएका छन् ।
१४ औं अधिवेशनबाट निकटमत प्रतिद्वन्द्वी सुनिल पौडेललाइ ४० मत अन्तरले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतले १ सय २१ मत प्राप्त गर्दा पौडेलले ८१ मत प्राप्त गरेका थिए । बस्नेत समुहले सह सचिव बाहेक सम्पूर्ण पदमा निर्वाचित भएको छ । सहसचिवमा मनकुमारी गुरुङ निर्विरोध निर्वाचित भइन् ।

त्यस्तै प्याब्सन मोरङको वरिष्ट उपाध्यक्षमा सितला सुब्बा निर्विरोध निर्वाचित भएकी छिन् भने महिला उपाध्यक्षमा पनि रिना थापा निर्विरोध निर्वाचित भएकी छिन् । दुई उपाध्यक्षमा भक्तराज सुब्बा र सुवास राई विजयी भएका छन् । सुब्बाले १ सय ४५ मत र राईले १ सय २५ मत ल्याए । त्यस्तै सचिवमा प्रेमलालसिंह सुवालले मत अन्तर पौडल समुहका पुष्पविक्रम बस्नेतलाई ५७ मत अन्तरले पराजित गरेका छन् । सुवालले १ सय २८ मत ल्याउँदा बस्नेतले ७१ मत ल्याए ।
त्यसैगरि कोषाध्यक्षमा बस्नेत समुहका जगतबहादुर बस्नेतले पौडेल समुहका अमिस रेग्मील २५ मतले पराजित गरे । बस्नेतले १ सय १२ मत ल्याउँदा रेग्मीले ८७ मत ल्याए । महिला सह–सचिवमा पौडेल समुहकी मनकुमारी गुरुङ निर्विरोध निर्वाचित भएकी छिन् । दुई सह–सचिवमा बस्नेत समुहका सिएम रिजालले १ सय ४३ मत र विष्णु डंगालले १ सय ४१ मत ल्इाउँदै निर्वाचित भएका छन् । सह–कोषाध्यक्षमा बस्नेत समुहका देवी सिटौलाले पौडेल समुहका उज्जवल गौतमलाई ८५ मतले पराजित गरेका छन् । सिटौलाले १ सय ४० मत ल्याउँदा गौतमले ५५ मत ल्याए ।
छ सदस्यका लागि भएको निर्वाचनबाट अमृतप्रसाद ढकाल, केदार पौडेल, ईन्द्र सुब्बा, नगेन्द्रप्रसाद ढकाल, सुर्यप्रसाद गौतम र दिपेन्द्र कर्ण निर्वाचित भएका छन् ।
त्यसैगरि १६ महाधिवेशन प्रतिनिधीकालागि भएको निर्वाचनबाट नेत्रप्रसाद गड्तौला, इन्द्रप्रसाद घिमिरे, राजु तिम्सिना, हिरा थापा,गोपालप्रसाद पाठक, कमलराज गौतम,भुवन श्रेष्ठ, केदार खनाल,अमित खड्का, तेजबहादुर खत्री, कृष्णप्रसाद गौतम, छवि बास्कोटा, चोलानाथ पोखरेल, चण्डी रेग्मी, भोलानाथ पाण्डे। रविन कन्दग्ङवा निर्वाचित भएको निर्वाचन सचिव प्रेमलालसिंह सुवालले जानकारी दिए । मोरङ प्याब्सनमा २ सय ३० जना सदस्य छन् । विराटनगर महानगरपालिकाभित्रबाट मात्र ६९ मतदाता छन् । निर्वाचनमा २ सय ३ मत खसेको निर्वाचन आयोगले जनाएको
छ ।