खबर पूर्वाञ्चल
तेक्वाण्डो खेल प्रति अभिरूची बढाउनुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले कानेपोखरी तेक्वाण्डो कार्यसमितिले तालिमको आयोजना गरेको हो ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा ६१ जना खेलाडीहरूको सहभागिता रहेको अध्यक्ष युवराज भुजेलले जानकारी दिए । उक्त गाउँपालिकामा आगामी असोजको अन्तिम साता प्रदेशस्तरीय तेक्वाण्डो प्रतियोगिता आयोजना गरिने भएको छ ।
ग्रामिण क्षेत्रमा खेलकुदको विकास गर्ने मुख्य लक्ष्य अनुसार खेलकुदका प्रतियोगिता एवं तालीम सञ्चालनमा निरन्तरता दिने नेपाल राष्ट्रिय मार्शलआर्ट गेम्म महासङ्घका केन्द्रीय अध्यक्ष तथा आइटीएफ तेक्वाण्डोका प्रदेश १ का अध्यक्ष प्रबिण कार्कीले बताए ।
प्रदेश अध्यक्ष कार्की, केन्द्रीय सदस्य चर्तुरलाल चौधरी, प्रदेश महासचिब नविन तामाङ्गले प्रशिक्षण दिएका थिए । कानेपोखरी गाउँपालिका – ६ का वडाअध्यक्ष खड्गबहादुर बस्नेत, नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य कुमार फुयल र एविन पाठकले खेलकुद क्षेत्रको विकासमा स्थानिय सरकार लागि परेको बताए ।