AArya
RUMPUM
animated ellipse animated ellipse

भर्ना भएका नयाँ विद्यार्थाीहरुलाई निहारीका कलेजको अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ मंसिर २०७५, बुधबार १६:३८
3
Shares
विराटनगर / विराटनगर बरगाछीमा रहेको निहारीका कलेजले भर्ना भएका नयाँ विद्यार्थाीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रमका साथ स्वागत गरेको छ ।

कलेजले बुधबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिनुका साथै स्वागत गरेको हो । कलेजमा ब्याचरल संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा जानकारी गराएको थियो ।
अभिमुखिकरण कार्यक्रममा कलेजमा नयाँ शैक्षिक सत्रकालागि विविएस विएससिआइटीको छैठौ ब्याचमा ८६ र यसपालीदेखि शुरु गरेको विसिए र विआईएमको पहिलो ब्याचमा ७० जना विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ

कलेज व्यवस्थापन समितिको अध्यक्ष रुपेश खतीवडाको सभापतिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि दक्षिण पूर्वी एसिया माइक्रोसफ्ट कम्पनीका क्षेत्रिय निर्देशक एलेन बाइलोचन तुलाधर, त्रियूका पूर्व सह–नियन्त्रक प्रा.डा. अर्जुन बराल, क्यापस प्रमुख अमित ढकाल, डा. श्याम रौनियार,टेक्सासका प्रमुख भेषराज पोखरेल र सञ्चालक दिपेश बास्तोलालगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर