AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महानगरका मेयर भीम पराजुली १५ औ पटक तीन किलोमिटर दण्ड प्रणाम गर्दै पुगे घाट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ कार्तिक २०७५, मंगलवार १५:१२
3
Shares
विराटनगर /विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको पूजाकालागि कष्टकर ब्रत बसेका छन् । निराहार ब्रत बसेका मेयर पराजुली १५ औ पटक दुरी नापेर सष्टाङ्ग दण्डवत गर्दै (दुरी नापेर घस्रदैंं) सिंघिया घाटमा पुगेर अस्थाउदो सूर्यलाई अर्घ दिनेछन् ।

आज दिउँसो १२ बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र मनिससँगै दण्ड प्रणाम गर्दै निस्कीएका पराजुली तीन किलोमिटर दण्ड प्रमाण गर्दै सिंघिया घाटमा पुगेर अस्थाउँदो सूर्यलाई अर्घ दिने पराजुलीका प्रेस सल्लाहाकार कौशल निरौलाले जानकारी दिए ।

१५ बर्षयता बर्ष छैठ माताको ब्रत बस्दै आएका मेयर पराजुलीले १५ औ पटक दण्ड प्रणाम गर्दै सिंघीया घाटमा पुगेर बुधवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्नेछन् ।

नगरबासीको सुख, शान्ति र समृद्धिको कामना सहित छठको कष्टपूर्ण ब्रत बसेको मेयर पराजुलीले जानकारी दिए । मेयरमा निर्वाचित भएपछि दोस्रो पटक दण्ड प्रणाम गर्दै छठको पूजाकालागि निस्कीएका पराजुली धर्म प्रति बढी आस्था राख्छन् ।
‘पहिले म आफु र परिवारको रक्षाका लागि छठ पुजा गर्थे’ उनले भने, ‘तर गत वर्षदेखि सम्पुर्ण महानगरवासीको सुरक्षा र समृद्धिका लागि गर्न थालेको छु, सकुन्जेल निरन्तरता दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर