animated ellipse animated ellipse

प्याब्सन मोरङको अध्यक्षमा मेरो उम्मेदवारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ आश्विन २०७५, आईतवार १८:०८
3
Shares
प्याब्सन मोरङको नयाँ नेतृत्वको चयनको लागि अधिवेशन नजिकै आएको छ । नगर प्याब्सन विराटनगरको नयाँ नेतृत्व चयन निर्वाचनबाट भयो । जिल्लासमेत आकंक्षीहरु थुपै हुँदा निर्वाचन हुने देखियो छ । आकंक्षी मध्धेकी प्याब्सन मोरङको उपाध्यक्ष तथा विराटनगर स्थित सुम्निमा इङ्लिस स्कूलकी प्रिन्सिपल सीतला सुब्बासँगको संक्षिप्त कुराकानीः

शिक्षाक्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?
२०४२ सालदेखि लगातार रुपमा शिक्षा क्षेत्रमा सक्रिय छु । प्याब्सनमा भने ०६५ सालदेखि आवद्ध रहदै आएको छुँ । प्याब्सनमा आवद्ध भएपछि कार्यसमितिमा चयन भए । दुई कार्यकाल कार्यसमिति सदस्य र दुई कार्यकाल उपाध्यक्ष जस्तो पदमा रहेर काम गरिसकेको छु । यस अविधिमा शिक्षाक्षेत्रमा देखिएको समस्या सावधान गर्न मैले भूमिका निर्बाहसमेत गरेको छु । लामो समयदेखि शिक्षा क्षेत्रमा रहेको हुनाले म मेरो पेशामा पूर्ण रुपमा सन्तुष्ट रहेको छु ।

अहिले सरकारले ल्याएको शिक्षा नीति बारे के भन्न चाहनुहुन्छ ?
–अहिले सरकारले पूर्ण रुपमा विभेदकारी नीति ल्याएको छ । यस्तो नीति संशोधन गर्न प्याब्सनले दबाब दिँदै आएको छ । सरकारले ल्याएको नीति निजी विद्यालयहरुलाई खुम्च्याउने खालको रहेको छ । स्थानीय सरकारहरुले समेत शिक्षामा करको दायरा बढाएका छन् । यस्तो नीतिको हामीले विरोध गर्दै आएका छौं । स्थानीय सरकारले शिक्षा क्षेत्रमा लगाएको कर परिमार्जन गर्नुपर्ने देखिएको छ ।

–तर, प्याब्सन नै गुटबन्दीको शिकार छ । विराटनगरको प्याब्सन निर्वाचनमा त्यो देखियो । तपाईहरुको कुरा कसले सुन्ला ?
यसलाई गुटबन्दी भन्न मिल्दैन । लोकतान्त्रिक विधी अपनाएको हो । यसलाई यसरी बुझ्दा हुन्छ । सहमतिबाट नेतृत्व चयन गर्न अग्रजहरूको भूमिको अलिक कम भएको हो कि जस्तो भने मलाई लाग्यो ।

मोरङ प्याब्सनको अधिवेशन नजिकै आएको छ, के तयारी गर्नुभएको छ ?
–एक दशकदेखि प्याब्सनमा आवद्ध रहेको छु । दुई कार्यकाल उपाध्यक्ष भइसकेको छु । मेरो कार्यकाल सफल पनि रह्यो । यस अवधिमा थुप्रै प्याब्सनको समस्याहरुको हल भएको छ । दुई कार्यकाल उपाध्यक्ष समेत भइसकेको हुनाले मेरो स्वतः उम्मेदवारी अब अध्यक्षमा रहनेछ । त्यसको लागि तयारीसमेत थालिसकेको छु । सहमति र सहकार्यको माध्यमबाट प्याब्सन मोरङको नयाँ नेतृत्व आउनेमा म विश्वस्त छु ।

आफ्नो स्कूलको शिक्षाको गुणस्तर कसरी कायम गर्नुभएको छ ?
– मन्टेश्वरी माध्यमबाट पठनपाठन गरिदै आएको छ । भयरहिह, बालमैत्री, वातावतरणमा पठनपाठन गरिँदै आएको छ । अहिले आएको नयाँ–नयाँ प्रविधिहरूसमेत भित्र्याएर प्रविधिको माध्यबाट पठनपाठन गराउँदै आएका छौं ।

आधारभूत कक्षा ५ सम्ममात्र स्कूल सञ्चालन गर्दै आउनुभएको छ । किन त्यसभन्दा माथिल्लो तहको कक्षा सञ्चालन नगर्नुभएको ?
–स्थापना कालमा हामीले ५ कक्षासम्म मात्र सञ्चलान गर्ने योजना बनाएको थियौं । अहिले आएर हामीले सोचेको भन्दा बढी विद्यार्थीहरु आए । अभिभावक र विद्यार्थीहरुको चाहनालाई ध्यानमा राख्दै माथिल्लो तहको कक्षाहरु सञ्चालनको लागि प्रक्रिया अगाडि बढाएका छौं ।
–प्रस्तुतिः अर्जुन श्रेष्ठ (सचिब, प्याब्सन विराटनगर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर