AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गलत गर्ने दण्डित हुनुपर्ने भएपनि सरकारले प्रक्रिया नपुराइ हतारोमा काम गर्यो : सामाजिक विकास मन्त्री मेहता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०८२, शनिबार १३:१७
117
Shares

विराटनगर /कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले भदौ २३ र २४ गतको घटनाको विषयमा बनाइएको प्रतिवेदन अध्ययन गरेर सरकार प्रक्रियागत रुपमा अघि बढ्नुपर्नेमा जोड दिएकाछन् ।

तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको पक्राउको विषयमा मन्त्री मेहताले सरकारले काम गर्न हतारो गरेको बताएका हुन् । विराटनगरमा आज पत्रकारसंग कुरा गर्दै मन्त्री मेहताले सरकार गठन भएसंगै नेताहरुलाई कार्वाही गरिनु हतारो भएको बताएका हुन् ।

मन्त्री मेहताले भने, ‘सरकार गठन भएसंगै तत्कालै हिजो गठन भएको आजै जुन हिसाबले अघि बढेको त्यो हतारो भएको हो । सरकारले विषय बुझेर अध्ययन गरेर प्रक्रियासंगत अघि बढ्नुपथ्र्यो।’ गलत कसैले गरेको हुँदा दण्डित हुनुपर्ने बताएका मन्त्री मेहताले भने, ‘विधिको शासन छ, संवैधानिक राज्य छ ।

संविधान अनुसार लोकतन्त्रको सीमाभित्रको सरकार छ । सोही संविधान अनुसार सरकार चलेको छ। सरकारले जुन सुरुवात गरेको छ, त्यो अलि हतार गरेजस्तो देखियो। यसमा अध्ययन साथ अघि बढ्दा राम्रो हुने हो। ’ प्रतिवेदन अध्ययनगरि अघि बढ्नुपर्नेमा जोडदिएका मन्त्री मेहताका अनुसार भदौ २३ र २४ गतेको घटनालाई प्रतिवेदनमा समेटिएको वा नसमेटिएको कुरा विस्तृत रुपमा बुझ्न बाँकी नै रहेको छ । उनले प्रतिवेदनमा समेटिएका कुराहरुलाई कार्वान्वयनमा लैजान अलि समय लाग्ने बताए । उनले भने, ‘काम गर्नका लागि जहाँ जसले गलत गर्छ, त्यसले दण्डित हुनुपर्छ त्यसमा दुईमत नै भएन । त्र त्यसलाई प्रक्रियागत रुपमा लैजानुपर्ने थियो । यो चाही अलि हतारो नै भयो।’

शुक्रबार सरकार गठनभएसंग गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुंगको निर्देशनमा एमाले अध्यक्ष ओली र तत्कालिन गृहमन्त्री लेखकलाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर