AArya
RUMPUM
animated ellipse animated ellipse

हत्या गरिएको अवस्थामा सुरक्षा गार्डको शेव फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ भाद्र २०७५, आईतवार १८:२९
3
Shares
विराटनगर / विराटनगर– ४ पिपल चौकका ५० वर्षिय टंक भट्टराईको मृत अवस्थामा शव फेला परेको छ ।

विराटनगरको धरानरोडस्थित विक्की हार्डवेयरमा सुरक्षा गार्डको रुपमा कार्यरत भटराईको हत्या गरिएको अवस्थामा आज दिउँसो शव फेला जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतक भट्टराईको शरिरमा रड, तथा भाला जस्तो हतियारले प्रहार गरेको देखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाले जानकारी दिए । प्रहरीका अनुसार मृतक भट्राई पसलमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेका थिए ।

भट्टराईको शव खाटबाट भुँइमा लडेको अवस्थामा रहेको थियो । प्रहरीका अनुसार सो क्रममा पसलका सरसमान नचलाइएको भएपनि कोठामा रहेको इन्र्भटर भने भुँइमा खसेको अवस्थामा देखिएको बताइएको छ । यस घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको भएपनि घटनामा संलग्नहरुलाई पहिचान गर्न सकेको छैन ।

यस घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको भएपनि घटनामा संलग्नहरुलाई पहिचान गर्न सकेको छैन । मृतक भट्टराईका श्रीमति, एक छोरा र एक छोरी रहेका छन् । परिवार स्रोतले दिएको जानकारी अनुसार शनिबार साझ भट्टरार्इले पाएको तलब बोकेर काम गर्न गएका थिए । लागूऔषध प्रयोगकर्ताहरुले मृतक भट्टराईले पैसाँ बोकेको थाँहा पाएर उनीहरुले पैसाँ लुटन हत्या गरिएको हुन सक्ने स्थानियले आशंका गरेका छन् ।

उनी विराटनगरको मुनालपथ स्थित रहेको आकाश सेक्युरेटी कम्पनीमा कार्यरत थिए । कम्पनीले पठाए अनुसार डियूटिमा भट्टराई खटिने गरेका थिए । तर, कम्पनीका संचालक दिपक गिरीले भदौ १ गतेदेखि उक्त कम्पनी छोडेको दाबी गरे । ‘बीक्की हार्डवेयरले श्रम ऐनले तोके अनुसारको तलब नदिएपछि मैले सेक्युरिटी पठाउन सक्दिन भने,’बिक्की हार्डवेयरले १/२ हजार बढी तलब दिने लोभमा आफै तलब दिएर भट्टराईलाई राख्दै आएका थिए ।’ भट्टराई आफनो डियूटि समयमा घरबाट सबेरै निस्किने गरेको परिवारले जनाएको छ ।

गएको तीन दिनमा यसक्षेत्रमा दुइवटा हत्या भइसकेको छ । गत शुक्रवार विराटनगर १३ निवासी शिखा घिमिरेको हत्या र भट्राईको हत्याले सुरक्षा चुनौति झन् बढ्दै गएकोछ । त्यसैगरि, मोरङ प्रहरीले केही दिन अघि विराटनगर महानगरपालिकामा भएको बम विष्फोट घटनामा संलग्नलाई समेत सार्वजनिक गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर